काठमाडौं/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको  मतगणना कार्य १६ जिल्लामा सम्पन्न प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ ।

जसमा ७३ पुरुष र एक महिला निर्वाचित हुनुभएको छ । यसैगरी, प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका छन् ।

रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन् । मत परिणामको विवरण भने आयोगलाई प्राप्त भइसकेको जनाइएको छ ।

यसैवीच मंसिर २१ गते मतदान स्थगित भएका र हिजो पुनः मतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना कार्य गएरातीबाट सुरु भई मतपरिणाम आइरहेको छ । यस्तै  दलहरुबीचको विवादका कारण मतणना सुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना कार्य आजै बिहान १०:३० बजेबाट सुरु हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाबाट प्राप्त भएको छ ।