जागिर छाडेर चुनाव लडेका कांग्रेसका २ जना नेता चुनावी खतरामा छन् । प्रारम्भिक नतिजामा पछाडि परेपछि हुँदाखाँदाको जागिर छाडेर चुनावमा होमिएका नेता हरु यता न उता भएका छन् ।

भारतका लागि नेपाली राजदूत बनेका दीपकुमार उपाध्यायले कपिलवस्तु १ बाट चुनाव लड्नकै लागि राजदूतबाट राजिनामा दिए । एमाले, कांग्रेस र माओवादी छुट्टाछुट्टै चुनाव लडेको भए सायद दीपकुमार उपाध्याय विजयी हुने सम्भावना थियो । तर बाम गठबन्धन मिलेपछि दीप कुमार उपाध्याय आच्छु आच्छुमा परेका छन् । उनी माआवादीका चक्रपाणी खनाल भन्दा झन्डै २ हजार मतले पछि छन् ।
यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओबाट राजिनामा दिएर चुनाव लड्न प्यूठान पुगेका डाक्टर गोविन्दराज पोखरेल पनि खतरामै छन् । प्यूठानमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी जनमोर्चाकी दूर्गा पौडेलले पोखरेललाइ पछि पारेको छ । दूर्गा पौडेलको २२ हजार ५ सय मत आउँदा गोविन्द पोखरेलको १७ हजार मत मात्रै आएको छ ।