वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ । रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट–३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् । साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका छन् । हालसम्मको प्राप्त नतिजाअनुसार प्रदेश २ मा वाम गठबन्धन कमजोर देखिएको छ ।
प्रदेश २ मा प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोल्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































