धरान । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेसम्मकै सबैभन्दा बढी मतान्तरले विजय प्राप्त गरेका छन् । उनी फराकिलो मतान्तर मात्र होइन सबैभन्दा बढी मत पाउने उम्मेदवार समते बनेका छन् । उनले झापा क्षेत्र ५ बाट कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ८२ मतान्तरले पराजित गरेका हुन् । उता एमाले उपाध्यक्ष बामदेव गौतम भने कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दिया क्षेत्र नं. १ मा पराजित भएका छन् । बाम गठबन्धनमा मुख्य भूमिका निभाएका गौतम नै पराजित भएपछि भने एमाले वृत्त मात्र होइन बामपन्थीहरुमा हल्लीचल्ली नै मच्चीएको छ । स्थानीय निर्वाचन सकिएलगत्तै माओवादी र एमालेबिच गठबन्धन बनाउनमा मुख्य भुमिका खेलेका बामदेव गौतम पराजित हुन्छन् भन्ने धेरैले नसोचेको परिणाम हो । बर्दिया क्षेत्र नं। १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका छन् ।
सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।