धुलिखेल । गुण्डा नाइके गणेश लामा प्रदेशसभा सदस्यमा पराजित भएका छन् । काभ्रे निर्वाचन क्षेत्र १ को ‘ख’ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका गणेश लामा एमालेका चन्द्र लामासँग पराजित भएका हुन् ।
एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामा २४ हजार ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गणेश लामाले २० हजार २७० मत प्राप्त गरे ।
बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा बिलयसँगै प्रदेशसभाको उम्मेदवार बनेका गणेश लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।