धनुषा । क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनी २२ हजार ५३२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका महेन्द्र यादवले  १९ हजार ६६२ मत ल्याएका थिए । २ नं. प्रदेशमा बाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठले मधेश केन्द्रीत दलहरुको गठबन्धनलाई तोडेर जित निकालेका हुन् ।