सुनसरी । अर्थमन्त्री कार्की निर्वाचित बहालवाला अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् ।
पछिल्लो चुनावमा भोजपुर बाट पराजित हुँदै आएका कार्की यसपटक भने सुनसरी ४ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका हुन । सुनसरी ४ बाट उम्मेदवारी दिएपछि कार्की लाई कतिपयले "पर्यटक" उम्मेदवारको संज्ञा दिएपनि ति क्षेत्रका मतदाताले भने कार्कीलाई विश्वास गर्दै जिताएका छन् । संविधान सभा २ वटा गरी पछिल्लो ३ वटा चुनावमा निर्वाचित हुन असफल कार्की यसपटक भने फराकिलो मतान्तरले विजयी भएका छन् ।
कुल खसेको मध्ये सदर ६८ हजार ३ सय १६ मत मध्ये कार्की ३२ हजार ३ सय ४७ मत ल्याई निर्वाचित भएभने उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरे । यसैगरी राष्ट्रिय जनता पार्टी राजपा नेपालका रामनारायण यादवले ५ हजार २० मत ल्याए ।