धरान । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी ३ प्रतिनिधी सभामा अग्रता लिएका छन् ।

उनले एमालेकी भगवती चौधरी विरुद्ध अहिले ५ सय १९ मतको अग्रता लिएका हुन् । हालसम्म ७८ हजार ३ सय ९१ मत गणना हुदा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने एमालेकी भगवती चौधरीले ३५ हजार ५ सय ६१ मत प्राप्त गरेकी छन् । अब ६ हजार ६ सय ९ मत गणना हुन बाकी रहेको निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ ।