धरान । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन् । नयाँ पत्रिका दैनिकका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीलाई समयमै आर्म पर्सनल क्यारियर (एपीसी) र त्यससँग सम्बन्धिन सुरक्षा सामग्री समयमा पठाउन नसक्दा दुवै प्रहरी संगठनको २५ करोडभन्दा बढी रकम गुमेको हो । महालेखा परीक्षकको कार्यालयले गृह मन्त्रालयमातहतका प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी तयार गरेको प्रतिवेदनअनुसार नेतृत्वको लापरबाहीका कारण शान्ति मिसनअन्तर्गत सुडान र हाइटीमा खटिएका सुरक्षाकर्मीलाई एपीसी पठाउन नसकिएको हो ।