तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६,चुहानडाँडाको हिलेमा शुक्रबार आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र ईन्द्रमाया खापुङ घर जलेर पुर्ण रुपमा नष्ट भएको हो । बच्चाहरुमात्र घरमा भएको समयमा बेलुका ५ बजेबाट परालमा सल्किएको आगोले दुई घर पुर्ण रुपमा नष्ट बनाएको स्थानीयबासी कृष्ण बाँस्कोटाले जानकारी दिए । आगलागी स्थलमा अहिले प्रहरी टोली खटाइएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ । घरमा भएका अन्नपात, लत्ताकपडा लगायत सबै सामाग्री जलेर नष्ट भएको खापुङले बताए । क्षतीको यकिन विवरण भने आएको छैन । घर र लत्ताकपडा सबै जलेर नष्ट भएपछि खापुङको ६ जनाको परिवारमा विचल्लीमा परेको छ । आगलागी भएको २ घण्टा पछि स्थानीय बासीहरुले आगो नियन्त्रणमा लिएका छन् ।