मोरङ/ मोरङको सुन्दर-हरैँचा नगरपालिका ८ स्थित पौडेल टोलमा गएराती जंगली हात्तीले क्षति पुर्याएको छ।
जंगलबाट निस्किएको हात्तीले सोही ठाउँ बस्ने ३६ बर्षिय शालीराम भट्टराईको ईट्टाको गाह्रो र टिनको छानो भएको १ तल्ले घरको झ्याल फुटाएर घर भित्र रहेको ४ कुइन्टल धान र चामल नष्ट गर्दा ३० हजार बराबरको क्षति भएको छ।
त्यस्तै सोही ठाउँ बस्ने लक्ष्मि प्रसाद ओझा ईट्टाको गाह्रो र टिनको छानो भएको १ तल्ले घरको झ्याल फुटाएर पचास हजार मूल्य बराबरको क्षति पुर्याएको छ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेलबारी र स्थानीय मानिहरुको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेका थिए।