प्रदेश १ को राजधानी गोठगाउँ बनाउनु पर्ने माग गर्दै र्याली
विराटचौक/प्रदेश १ को राजधानी माग गर्दै सुन्दरहरैचाबासी आन्दोलित बनेका छन् ।
सुन्दरहरैचाको गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनु पर्ने माग राख्दै शनिबार हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालेका छन् । गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिषर राजधानीको लागि पूर्वाधार पुग्ने स्थानीयबासीले बताएका छन् । सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालले सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नको लागि स्थानीयबासीहरुलाई आग्रह गरे ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भानुभक्त ढकालले पनि गोठगाउँ प्रदेश १ को राजधानीको लागि उपयुक्त भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा करिव ८०५ विगाहा क्षेत्रफल जग्गा रहेकाले पनि सबै भौतिक पूर्वाधार पुग्ने सुन्दरहरैचावासीको दाबी छ ।
यस विषयमा नगरपालिकाले शहरी विकास मन्त्राल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारीसमेत पठाइसकेको छ । तर, चलखेल गर्दै अन्यत्र लान लागेको भन्दै सुन्दरहरैचावासी आन्दोलित बनेका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































