बेइजिङ (एजेन्सी) । चिनियाँ बक्स अफिसमा फिल्म ‘वुल्फ वारियर्स २’ले चौथो हप्ता प्रदर्शन भइरहँदा पनि आफ्नो चर्चालाई सेलाउन दिएको छैन । यसले पैसा कमाईको दर बढाएको छ नै दर्शकबाट पनि राम्रो प्रशंसा पाइरहेको छ । यो फिल्मले कमाईमा पनि सबै पुराना रेकर्डलाई तोडेको छ । फिल्म रिलिजको चौथो हप्ता पनि यसको कमाई नम्बर १ मै छ ।
फिल्मले २५ औं दिनमा करिब ४ हजार ९ सय २६ करोड कमाई गरिसकेको छ । रिलिजको पहिलो दिन कम व्यापार गरेको फिल्मले शनिवार र आइतबारदेखि यसको व्यापारले उग्र रुप लिएको छ । यो फिल्मले दैनिक रुपमा झण्डै ७० हजार स्क्रिन पाइरहेको छ ।
वुल्फ वारियर्सकाे कमार्इ ४ हजार कराेड
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































