धरान/पपकर्न इन्टरटेनमेन्टको आयोजनामा हिपस्टर फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ ।
[caption id="attachment_65389" align="alignnone" width="757"]
तस्विरः विकास चाम्लिङ राई[/caption]
बढ्दै गरेको पृथ्वीको तापमान बारे युवाहरुलाई सचेत गराउन हिपस्टर हुन लागेको हो । जुन, जङ्गल थिममा रहेको छ । हिपस्टरमा २० मोडलहरु र्याम्पमा उत्रिने छन् । मिस नेपाल २०१४ की सुविन लिम्बूसहित सिमरन तुलाधर, विलम राई, सिमरन श्रेष्ठ, निशाम लिम्बू, अलिना छेत्रीलगायत मोडलले र्यामवर्क गर्ने इभेन्ट मेनेजर निशान श्रेष्ठले बताए ।
डिजाइनर विलप राईले तयार पारेको डिजाइनमा मोडलहरु उत्रिदै छन् । यलम्बर पार्कमा हुने हिपस्टर पुष ७ गते हुँदै छ । विन्टर, क्याजुअल, स्पोर्टस र फरेष्ट सिक्वेन्समा मोडलहरु उत्रिने छन् । जसबाट संकलित रकम मजदुर पून्य प्याकुरेलको घर निर्माणमा सहयोग गर्ने बताइएको छ । त्यस्तै धरान उपमहानगर क्षेत्र भित्र १ सय १ विरुवासमेत रोप्ने तयारी भएको अध्यक्ष सुमिन आचार्जूले बताए । कार्यक्रममा डिजे हवको डिजेइङमा स्थानीय कलाकारहरुले मनोरञ्जन गराउने छन् ।