धरान/ पपकर्न इन्टरटेन्टमेन्टको आयोजनामा हुन लागेको हिपस्टर फेसन सोको तयारी अन्तिम चरणमा पुगेको छ । सोको माध्यम वाट युवाहरुमा ग्लोवल वार्मिङ न्युनिकरण सम्वन्धि जनचेतना फैलाउन तथा सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको सोमा धरानका चर्चित २० जना महिला तथा पुरुष मोडलहरुले र्याम वक गर्नेछन् ।

सो टपर मिस नेपाल २०१४ सुविन लिम्वुको साथमा मिस प्लस टु २०१७ सिमरन तुलाधर, फस्ट रनरअप विलम राई, मिस पूर्वाञ्चल फस्ट रनरअप सिम्ररन श्रेष्ठ, मिस एसइइ २०१७ निसम लिम्वु, फस्ट रनरअप अलिना क्षेत्रि लगायतले वक गर्ने इभेन्ट म्यानेजर निसान श्रेष्ठले जानकारी गराए ।

उनिहरुलाई मिस्टर धरान २०१७का विजेता सुमिन आचार्जुले कोरियोग्राफि गरिहेका छन् । मोडलहरुले देवाङ फेसन हाउसका प्रोपराइटर तथा डिजाइनर विलप राईकाे डिजाइन पहिरनमा र्याम्पमा उत्रनेछन । यहि पुस ७ गते शुक्रवारको दिन धरान ८ स्थित यलम्वर पार्कमा हुने सोमा विन्टर क्याजुअल, स्पोर्टस र फरेस्ट थिम गरि तिन सिक्वेन्समा मोडलहरुले वक गर्नेछ ।

कार्यक्रमबाट उठेको रकम पत्रकार र मजदुरहरुद्धारा स्पाइनल कर्ड इन्जुरी भएका मजदुर पुण्य प्याकुरेको घर निमार्णमा सहयोग गर्नुका साथै धरान उपमहानगरपालिकाको कुनै क्षेत्रमा एक सय एक रुखको वृक्षरोपन गर्ने पपकर्न इन्टरटेन्टमेन्टका अध्यक्ष सुमिन आचार्जुले जनाए । कार्यक्रममा मनोरञ्जनका लागि स्थानिय कलाकारको प्रस्तुति साथै डिजे हवको डिजेइङ रहने छ।