[caption id="attachment_43921" align="aligncenter" width="800"] Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS[/caption]

काठमाडाैं । कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न अभियान नै चलाउन लागेको समाचार छ ।

कांग्रेसका युवा नेताहरुले बुधबार राजधानीमा बैठक नै गरेर यस्तो अभियान चलाउने घोषणा गरेका हुन् । उनीहरुले युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउन पनि जोड दिएको समाचारमा उल्लेख छ ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा बसेको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराल लगायत सहभागी थिए ।

नेता भण्डारीले पार्टीमा आमुल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरु अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताएका छन् ।