काठमाडौं । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीमा गरी बुधवार २ जनाको मृत्य भयो भने ६ जना घाइते भए । घाइते मध्ये एक हुन् अरुण कुमार महतो ।

अरुण दमकलका चालक हुन् । आगलागी नियन्त्रणका लागि दमकल लिएर गएका उनी घटनामा परी घाइते भएका थिए ।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उपचारमा रहेका अरुणलाई भेट्न हामी ट्रमा सेन्टरमा पुग्दा आकस्मिक कक्षमा निकै भिडभाड थियो । अरुणलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा रहेको काउन्टर नजिकै राखिएको थियो । उनको शरीरको सबै भागमा पट्टी लगाईएको थियो  । उनीसँग शैयामा उनका कान्छा भाई बसेका थिए । ५७ वर्षका बुबा औषधीको लागि मलिन अनुहार लगाउँदै दौैडिरेहका थिए ।

अरुणलाई भेट्न आफन्तको पनि घुइँचो थियो । आगोले शरीर  अधिकांश भाग जलेका अरुण उपचारपछि आफूलाई केही राहत महशुस गरीरहेका थिए । उनको दायाँ—बायाँ दुबै हातमा ब्यान्ड्ेज गरिएको थियो । टाउको र शरीरको सबै भाग छोपिएको थियो ।  अरुणलाई चिकित्सकले पनि धेरै नबोल्न भनेका छन् । उनी आफै पनि बोल्न सक्ने अवस्थामो थिएनन् ।

केही प्रयासपछि उनले हामीसँग बोल्न खोजे । केही सेकेन्डमा केही शब्दमात्र निकाले ।

भने, ‘म आगलागी भएको स्थान भन्दा १० मिटर पर थिएँ । सिलिण्डर पड्केर मैले चलाइरहेको दमकलमै ठोक्निक आयो । ’ यतिमा उनी रोकिए । बोल्न सकेनन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।