नेपाली फिल्मकी चर्चित नायिका जल शाहलाई मातृ शोक परेको छ । ७५ वर्षिय शाहकी आमा प्रेमा शाहको बिहीवार अमेरिकाको साल्ट लेक सिटी स्थित ईन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो । साहित्यकार समेत रहेकी प्रेमा लामो समयदेखि छोरी जलसँग अमेरिकामा बस्दै आइरहेकी थिइन् ।
आफ्नी आमा प्रेमाको चाहनाअनुसार यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’बाट जलले नेपाली फिल्ममा पाइला राखेकी थिइन् । जलको आमाप्रति नेपाली चलचित्रकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।