माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीन भारत जोड्ने सबभन्दा छोटोबाटो केरुङ्ग देखि ठोरीसम्म भएकाले आफुले यसलाई व्यवस्थित गर्न पहल गर्ने बताएका छन्।

चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव जितेका दाहालले आफ्नो क्षेत्र पर्ने बाँदर झुला गएका बेला पर्साको ठोरी पुगेर यस्तो बताएका हुन्।

‘केरुङ्ग- ठोरी, इन्डिया- चाइना जोड्ने सबैभन्दा  छोटो बाटो हो। अहिलेको जमाना भनेको कनेक्टिभिटिको जमाना हो, एयर, रोड रेल सबैलाई व्यवस्थित बनाउन सके विकासले गति लिन्छ। यी दुवै नाकाहरु हाम्रा लागि निकै महत्वपूर्ण छन्,’  उनले भने ‘संयोगबस अस्ती केपी ओलीजी केरुङ्ग पुग्नुभएको थियो म आज यहाँ आएँ। हामीले यो नाका थप व्यवस्थित गर्ने बारे छलफल गर्छौँ।’