पानवारी । धरान ख्रीष्टीयन समाजले १ नं. प्रदेशको राजधानी धरानलाई बनाउनका लागि ऐक्यबद्धता जनाउदै प्रार्थना गरेको छ । सोमबार धरानको भानुचोकमा ख्रीष्टमस डेको अवसर पारेर धरानका ख्रीष्टीयनहरुले धरानको भानुचोकमा मैनबत्ति बालेर राजधानी धरान होस् भनी प्रार्थना गरेका हुन् ।
पूर्वाञ्चल इसाइ समाजका अध्यक्ष कुबेर गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै धरान हरेक दृष्टिकोणबाट एक नं. प्रदेशको राजधानीकालागी उपयुक्त भएको बताए । धरानका ७० भन्दा बढी चर्चबाट सयाैंकाे संख्यामा भेला भएका ख्रीष्टीयनहरूले मैनबत्ती बालेर प्रार्थना गरेपछि ख्रीष्टले सबैकाे चाहना पुरा गर्ने उनीहरूकाे विश्वास समेत थियाे ।