काठमाडौं/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच एकताका लागि पहल गर्ने समझदारी भएको छ ।
[caption id="attachment_66477" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरिएको वैद्य र विप्लवले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन र एकताको आलोचना गरिएको छ ।
‘ प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरु बीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन्’, वक्तब्यमा भनिएको छ, ‘त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काँग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरुलाई गोलवन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’
वक्तव्यमा भारतको कडा आलोचना गर्दै सन् १९५०को असमान संन्धि हुँदै शेरबहादुर देउवा नेतृत्वको सरकारसँगको ४६ बुदें सहमतिसम्म पुग्दा कोशी, गण्डकी, महाकाली, कर्णाली, अरुण जस्ता ठूला नदीहरुमा हस्तक्षेप भएको आरोप लगाइएको छ ।
यस्तै भारतबाट सीमा अतिक्रमण लगायत आर्थिक, राजनीतिक तथा साँस्कृतिक हस्तक्षेप पनि भइरहेको दुई पार्टीको ठहर छ ।
यसैबीच वैद्य माओवादीको पौष ६ देखि ९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनबाट संक्रमणकालको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयन र इतिहासको नयाँ अध्याय तथा नयाँ युगको थालनी हुने बताइएपनि बास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको दाबी गरेको छ ।
बैठकले समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी रहेको निश्कर्ष समेत निकालेको छ । पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारुहरुलाई संसदीय निर्वाचनको उपयोग गर्ने नीति अनुसार उठाएको भएपनि चुनावी नतिजा सकारात्मक आउन नसकेको निष्कर्ष निकाल्दै भनेको छ, ‘यस प्रकारको स्थिति र अनुभव माथि आवश्यक ध्यान दिंदै संगठन र जनसम्बन्धका काममा दृढतापूर्वक लाग्नु पर्ने शिक्षा हासिल गरिएको छ ।’
बैठकले संगठन विस्तार तथा सुदृढिकरण र जनपरिचालन सम्बन्धी तीन महिने अभियान संचालन गर्ने निर्णय लिइएको पनि जनाइएको छ ।
लाेकान्तर