पानवारी । धरान–९ स्थित गौतमपथमा रहेको यु एण्ड यु खाजा घर तिम्सिना दाईको समोसा पसल नामले चर्चित छ । बासको भाटा र प्लाष्टिकको बेरा साथै छाना पनि जस्ता पातालाई बास र तारले बाधेर बनाएको छाप्री हो उनको होटल । जहाँ दैनिक सयौको संख्यामा खाजा खान पुग्ने गर्दछन् ।
होटलमा नरहरी तिमल्सिना उनै ग्राहकको चाहना अनुसारको खाजा बनाउन व्यस्त हुन्छन् । उनको होटलमा धेरै त समोसा नै विक्रि हुन्छ साथै समोसासँगै आलुचप, चाउमिन, चिया, थुक्पा, अण्डारोल पनि बेच्छन् उनी । तर धेरै ग्राहकको पहिलो रोजाइमा पर्छ समोसा । मकवानपुर आम भञ्ज्याङ–२ बाट २०६३ सालमा आफ्नो दाजुसँग धरान घुम्न आएका तिमल्सिना धरानमा नै व्यापार गरेर बसे । ३ वर्ष मलेसिया बसेर फर्केका उनी स्वदेशमै बसेर केही गर्ने सोच बनाएर नेपाल फर्किएका थिए । साथमा श्रीमती र २ छोरासँगै धरान आएका उनी अहिले आफनो व्यापारबाट सन्तुष्ट छन् । उनको ठुलो छोरा अहिले १० कक्षामा पढदैछ भने सानो छोरा अहिले कक्षा ८ मा पढने भएको छ । सुरुका दिनमा उनले ७ वर्षसम्म सटर भाडामा लिएर होटल चलाए तर भनेजस्तो आम्दानी भएन होटलबाट उनलाई छाक टार्न पनि समस्या थियो । एकपल्ट त होटल नै नगर्ने मनसाय बनाएका उनी फेरी आफुसँग अरु सिप नभएपछि होटल नै गर्न थाले । सटरमा गरेको होटल छाडेर ठेलामा राखेर सडकमै समोसा र बेच्न सुरु गरे । व्यापार फस्टाउदै गएपछि उनले ठेला राख्ने गरेको सडक छेउमा रहेको खाली जग्गा भाडामा लिएर छाप्री बनाए र आफनो व्यवसाय सुरु गरे ।
जब छाप्रीमा होटल चलाउन थाले तब उनले रामो कमाइ गर्न थालेका छन् । आफ्नो मासिक ३० हजार खर्च कटाएर पनि मासिक ५० हजार आरामले बचत गर्न थालेका छन् । उनी भन्छन –‘मैले ठेलामा राखेर समोसा बेच्न थालेदेखी रामै कमाइ गरिरहेको छु’ हेटौडा बजारमा घडेरी किनेको छु ।’ उनी अब व्यापार व्यवसाय गरेर धरानमै बस्ने सोच बनाइसकेका छन । उनलाई व्यवसाय गर्न श्रीमतीले पुरै साथ दिएकी छन् । भन्छन् –‘मेरो काममा श्रीमतीले पुरै सघाएकी छन् छोराहरु पनि बिहान बेलुका काममा सहयोग गर्छन् त्यसैले त मैले धेरथोर प्रगती गर्न सकेको छु ।’ उनकी श्रीमती कमला तिम्सिना पनि श्रीमान्सँगै रहेर व्यवसाय गर्न पाउँदा उस्तै खुसी छन् । उनी भन्छिन –‘म एकदमै खुसी छु, श्रीमन्सँगै बसेर काम गर्न पाएकी छु, पैसा पनि भनेजस्तै गरी कमाइ भइरहेको छ । अर्काकोमा काम गर्न जानु परेको छैन ।’ श्रीमान् श्रीमतीसँगै बसेर छोराछोरीलाई रेखदेख गर्दै कमाउन पाउनु भनेको यो जमानामा भाग्यमानीले मात्रै पाउने तिमिल्सिना बताउँछन् । तिमल्सिना पनि आफुले गरेको कमाइमा सन्तुष्ट नै छन् । ३ वर्षसम्म मलेसिया बस्दा मुस्किलले २–३ लाख जोगाए तर यहाँ ठेलामा व्यापार गरेपछि उनले ३ वर्षमा २० लाख भन्दा बढी कमाइसकेका छन् । उनी भन्छन –‘विदेश गएको ऋण तिर्नै प¥यो घर फर्कदा २÷४ पैसा खर्च गर्नै प¥यो जोगिने त मुस्किलले १÷२ लाख न हो । उनले त्यही मलेसियाबाट ल्याएको पैसाले धरानमा आएर व्यवसाय सुरु गर्न भने काम दिएको बताए । छिट्टै धरानमा नै जग्गा किन्ने सोचमा रहेका तिमल्सिना भन्छन् –‘भनेको जस्तो भेटीएको छैन यदि भनेको जस्तो भेटियो भने छिट्टै घर किनेर धरान मै बस्छु ।’