धनकटा । धनकुटालाई प्रदेश नं.१ राजधानी कायम गर्नको लागी २३ औं दिन देखी आन्दोलनरत राजधानी वनाउन गठित अभियान÷संघर्ष समितिले सनिवार देखी आन्दोलनका कार्यक्रमहरु राष्ट्रिय राजनितिकलाई नजर अन्दाज गर्दै परिवर्तन गरेको छ । धनकुटालाई प्रदेश नं.१ को राजधानी वनाउन गठित अभियान समितिका संयोजक प्रदेश सांसद निरेन राईका अनुसार सनिवार साँझ संघर्ष समिति र अभियान समितिको संयुक्त वैठकले आन्दोलनको प्रारुप परिवर्तन गरिएको ब्लाष्टलाई जानकारी दिएका छन् । उनले आईतवार विहान (आज) देखी हरेक दिन विहान ८ वजे देखी साँझ ५ वजेसम्म यातयात, वजार, पसल, शैक्षिक संस्था, उधोग धन्धा कलकारखाना वन्द गर्ने र साँझ ५ वजे देखी विहान ८ वजेसम्म हरेक दिन खुल्ला राख्ने वताएका छन । अभियान समितिका संयोजक राईका अनुसार अभियान समितिको सदस्यहरुमा प्रदेश सांसद इन्द्रमणी पराजुली, लिला सुव्वा, कुसुम कुमारी श्रेष्ठ (जुली), विना राई, पुर्व सभासदहरु मनोहर नारयण श्रेष्ठ, हेमराज भण्डारी, अन्जना ताम्ली, धनमाया वि.क.लाई चयन गरिएको वताए । उनले अभियान समितिको सिंगो टोलीले एक नं. प्रदेश भित्रका निर्वाचित प्रदेश सांसदहरुसंग धनकुटालाई राजधानी वनाउने सन्दर्भमा आवश्याक समन्वय गरि छलफल÷अन्तरक्रिया कार्यक्रम जिल्ला÷जिल्ला गएर संचालन गर्ने जानकारी दिएका छन् । त्यसैगरि यता सुन्दरवावु श्रेष्ठको संयोजकत्वमा गठित साविकको संघर्ष समितिले भने आईतवार (आज) देखी हरेक दिन धनकुटा वजारमा ¥याली,प्रदर्शन गर्दै क्षेत्रिय प्रशासन कार्यालयमा २ घण्टा धर्ना, साथै क्षेत्रिय प्रशासकको कार्यालयमा मुख्य मन्त्रीको वोर्ड राख्ने, अन्य सरकारी कार्यालयहरुको भौतिक अवस्था हेरी ७ वटै मन्त्रालयको वोर्ड राख्ने कार्यक्रम तय गरिएको अभियान समितिका संयोजक राईले वताएका छन् । उनीहरुले धनकुटा वि.सं.१८४० देखीको पुर्वको प्रशासकिय केन्द्रको रुपमा रहेकाले भौगोलिक, प्राकृतिक, सामाथ्र्य, सुरक्षा, भौतिक पुर्वाधारको र सुन्दरताकाको कारण धनकुटालाई प्रादेशिक राज्यको राजधानी वनाउन पर्नेमा जोड दिदै आएका छन् । नेपालको संविधान २०७२ ले व्यावस्था गरे अनुसार राज्यको पुनःसंरचना मार्फत मुलुक७ प्रदेशमा विभाजन गरि प्रत्येक प्रदेशको केन्द्र र नाम राख्ने अधिकार निर्वाचित प्रदेशसभालाई भएता पनि सो निर्णय नगरेसम्मको लागी धनकुटालाई काम चलाउ अस्थायी केन्द्र वा राजधानी तोक्न नेपाल सरकारलाई दवाव दिदै आइरहेका छन् ।