ताप्लेजुङ/पुर्वि हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आज यस वर्षकै कम मापन गरीएको छ । आज विहानको न्यूनतम तापक्रम १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरीएको हो ।

पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यो यस वर्षकै कम तापक्रम हो । यस अघि हिजो २ दशमलब ४ डिग्रि मापन गरीएको थियो भने दिउँसोको तापक्रम १५ डिग्रि सेल्सियस मापन गरीएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङकी सरस्वति ईजमले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाई छ । सदरमुकाम फुङ्लिङमानै १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरीदा माथिल्लो क्षेत्रमा तपक्रम माईनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको भनाई छ ।

चिसो बढे पनि हिमपात भने नभएको तर तुसारो झर्ने र पानी जम्ने क्रम भने सुरु भएको कार्यालयले बताएको छ ।