विराटनगर/ सुनसरी, मोरङ र झापामा शनिबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।

सुनसरीको रामधुनी नगरपालिका-२ स्थित कृषी फर्म नजिकै को २२ प ७६२० नम्बरको मोटरसाईकलले साँझ ६ बजेतिर ठेलालाई ठक्कर दिदा ठेला चालक सोही ठाउँका ७० बर्षिय तेतर साह, मोटरसाइकल चालक इनरूवा-३ बस्ने २३ बर्षिय समिर सिंह र पछाडि सवार सोही ठाउँका २० बर्षिय निसरत पौडेल घाइते भएका छन्। घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यता झापाको शिवसताक्षि नगरपालिका-१ धरमपुरमा काठमान्डौबाट पशुपतनगरतर्फ जादै गरेको बा १३ च ८०९७ नम्बरको स्कारपियोलाइ दिउँसो १;३० बजे विपरित दिशाबाट उँदै गरेको बा १ ञ २१४७ नम्बरको स्कारपियो गाडिले ठक्कर दिइ दुर्घटना हुँदा ८०९७ नम्बरको स्कारपियो चालक काठमान्डौ जोरपाटी बस्ने ४७ बर्षिय तिर्थ कुमार शाही र सोही गाडीमा सवार पशुपतिनगर बस्ने ४६ बर्षिय छवाङ भोटिया घाइते भएका छन्। घाइते दुवैको विर्ता सिटी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ भने २१४७ नम्बरको स्कारपियो चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

यस्तै मोरङको रंगेली नगरपालिका-७ मधुवनी चौकमा को ९ प ५७६५ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर अनियन्त्रीत भई दुर्घटना हुदा मोटरसाइकल चालक मोरङ सुनबर्षी नगरपालिका-२ अमरदह बस्ने ३८ बर्षिय छत्र बहादुर कार्की घाईते भएका छन्। उनको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय रंगेलीले जानएको छ।