धरान धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले शिक्षा समिती गठन गरेका छन् । केन्द्रीय सरकारले स्थानिय सरकारलाई कक्षा १२ सम्मका बिद्यालयहरु सञ्चालन,नियमन तथा अनुगमन गर्ने तथा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने अधिकार दिएपछि मेयर सुब्बाले समिती गठन गरेका हुन ।
मेयर सुब्बाले शंकर घिमिरेको अध्यक्षतामा १३ सदस्यि शिक्षा समिती गठन गरेका हुन् । घिमिरे मेयर सुब्बाको सल्लाहकार समेत हुन ।समितीको सदस्यहरुमा ९ नम्बर वडा सदस्य ऋचा शंकर,२ नम्बर वडा सदस्य सन्ध्या श्रेष्ठ,धरान उपमहानगरपालीकाका बरिष्ट सामाजिक बिकास अधिकृत गणेशप्रसाद खतिवडा,शिक्षा सदन माबिका शिक्षक अम्बर बहादुर बस्नेत,माउन्ट हर्मन स्कुल धरानका अनुप योञ्जन,सरस्वती माबि धरान का हरिकृष्ण अधिकारी,हिमालयन महायान छोलिङ गोन्पाका ङावालप्तुलामा शेर्पा,पब्लिक माबि धरानका राजमणि निरौला,धरान १८ का आङ बहादुर राई,धरान १९ का सुर्य पन्धाक,शिक्षक महासघं धरानका अध्यक्ष रहेका छन् ।सदस्य सचिबमा शिक्षा शाखा अधिकृत तथा बिद्यालय निरिक्षक रमेशकुमार शाह सदस्य सचिव रहेका छन् ।
समितीले धरान क्षेत्र भित्रका बिद्यालयहरु सञ्चालनका लागि स्थानिय सरकारको निती र नियम अनुसार कार्य सञ्चालन गर्ने अध्यक्ष घिमिरेले बताए । अहिले कक्षा ८ को परिक्षालाई प्रभाबकारी ढङगल सञ्चालन गर्ने तयारी भई रहेको उनले बताए ।