धनकुटा– प्रादेशिक राजधानीको लागिगएको २५दिन देखि जारी आन्दोलनसंगैको६ दिन देखिको आमहडतालफिर्ता सोमवार देखीलिईएको समितिले जनाएको छ । प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समितिको आयोजनामा सोमवार साँझ वसेको सर्वदलीय वैठकले आमहडताल कार्यक्रमको स्वरुपलाई परिवर्तन गरेको जनाउँदै जिल्लाको सातै तहको आनिश्चतकालिनआम हडताल फिर्ता लिएको हो । संघर्ष समितिले आमहड्ताललाई मंगलवार देखी१२ वजे देखि १ वजेसम्मजिरोप्वाइटमा चक्काजामगर्ने र हालै स्थापनागरिएकाप्रदेश मन्त्रालयहरु र मुख्यमन्त्रीको परिषदकार्यालयमाराष्ट्रिय झण्डा राख्ने समेत निर्णय गरेको छ ।साथै, धनकुटाको सिमानाकाहरु जस्तो भेडेटार, चित्रे, लेगुवा, ६ नं.वुधवारे लगायतका स्थानमाप्रदेश नंं.१ राजधानीधनकुटामा स्वागत छ, भन्ने शन्देश लेखिएको ठूला ठूलाहोर्डिङ्गवोर्डहरु राख्ने कार्यक्रमहरु समेत रहेको अभियान समितिका सयोजकनिरन राईले वताएका छन् । सरकारले अस्थायी राजधानी धनकुटा नतोकेसम्म संघर्षको कार्यक्रमजारी रहने समितिकाप्रवक्तानगेन्द्र राईले बताएका छन्। आन्दोलनको स्वरुप परिवर्तन भएसँगै आइतवार साँझ ४ वजेदेखि कोशिलोकमार्ग लगायतजिल्लाको सातै तहमायातायातको साधनहरु निर्वाद रुपमा सञ्चालनमाआएको छ । मंगलवार (आज)देखि जिल्लाको सवै तहको सम्पूर्ण बजारपसलखुल्लाहुने पनिबताईएको छ । आमहड्तालको सर्वत्र विरोध आएकाले पनि संघर्ष समितिले आम हड्तालको सवै कार्यक्रमफिर्ता लिनवाध्यभएको हो ।