विजयपुर । धरानलाई १ नम्बर प्रदेशको पर्यटकिय केन्द्र बनाउन धरान उपमहानगरपालीकाले गृहकार्य थालेको छ । १ नम्बर प्रदेशमा पर्यटन विकासको अधिकतम सम्भवना रहेको भन्दै धरान उपमहानगगरपालीकाले प्रदेशको पर्यटकिय केन्द्रको धरानलाई बनाउने नितीपनि लिएको छ । धरान उपमहानगरपालीकाले प्रथम नगर सभाबाट यस सम्बन्धि निती तथा कार्यक्रम पारित गरि एक करोड रुपैया बजेटपनि बिनियोजन गरेको छ । १ नम्बर प्रदेशका तीन वटा उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाँउपालिकामा कुनैपनि स्थानिय तहले पर्यटन समिती र छुटै बजेट ब्यबस्था गरेका छैनन ।‘हामीले धरानलाई पर्यटकिय केन्द्रको रुपमा बिकास गर्न निती तथा कार्यक्रम बनाएर अगाडि बढेका छौ धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले भने‘हामीले पहिलो चरणमा १ नम्बर प्रदेशका पर्यटकिय क्षेत्रको पहिचान गर्न अन्य स्थानिय तहसँगपनि समन्वय गरेर काम गर्ने र धरान भित्र र आसपासका क्षेत्रमा पर्यटकिय हिसाबले आवश्यक पर्ने भौतिक पुर्वाधार तयार गर्ने योजना तयार गरेका छौ ’मेयर सुब्बाले भने ‘धरानलाई पर्यटकिय केन्द्र बनाउने र उपमहानगरको आय बृद्धि गर्नेपनि हाम्रो निती छ ।’ पर्यटनलाई आयबृद्धि गराउने माध्यम इलाम नगरपालीकालेपनि बनाएको छ । धरानले इलामसँगको भगिनी सम्बन्धलाई पुर्नजागृत गराएर पर्यटन बिकासकालािग सहकार्य गर्ने समेत निती तय गरेका छन् ।इलाम नगरपालीकाका मेयर महेश बस्नेतले इलामलाई पनि पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने आफुहरुको बहुबर्षे योजना रहेको बताए । हामीले इलामलाई पर्यटकिय गन्तब्य बनाउने प्रयास गरि रहेका छौ,धरानलेपनि यहि प्रयास गरि रहेको छ तर हामी आ आफ्नै बिशेषता लिएर अगाडि बढेका हौ मेयर बस्नेतले भने । १ नम्बर प्रदेशका अन्य स्थानिय तहलेभने पर्यटनकीय पुर्वाधार विकासमा त्यति चासो नदेखाएको स्थानिय तहका निती तथा कार्यक्रम र बजेट विनियोजनको अबस्थाले देखाउछ । ‘एक नम्बर प्रदेश पर्यटनकालागि सबैभन्दा सुगम गन्तब्य हो तर स्थानिय तहले पर्यटन भनेर सम्बोधन गर्ने तर निती र बजेटमा जोड नदिने अबस्था देखियो १ नम्बर प्रदेशमा पर्यटनको बिषयमा अध्यन सहित अभियान चलाई रहेका कृष्ण शाहले भने ‘नारा सबैको भयो तर निती,कार्यबिधी र संम्रचना तयार पार्नेकाम कसैले गरेको छैन ।१नम्बर प्रदे्शमा धरानले नै पर्यटनको बिषयमा स्पस्ट निती तथा कार्यक्रम,बजेट र कार्ययोजना थालेको देखिन्छ शाहले भने इलाम,ताप्लेजुङ,कन्याम,लेटाङ जस्ता नगरपालाीकाले अहिले सम्म समिती बनाउन सकेका छैनन । एक नम्बर प्रदेशको प्रम्ुख आय भनेको कृषि र पर्यटनमा छ उनले भने‘ स्थानिय तहहरुमा आय बृद्धि गर्नेगरि पर्यटनलाई बुझ्ने प्रयास नभएको देखिन्छ ।धरान उपमहानगरपालीकाका पर्यटन विकास समितीका सह संयोजक किशोर थुलुङले १ नम्बर प्रदेशको पर्यटकिय केन्द्र बन्ने आधारहरु तय गर्न थालिएको बताए । हामीले पर्यटनलाई आयको श्रोत बनाउने निती अनुसारनै कामहरु अगाडि बढाएका छौ अबको ३ बर्ष भित्र धरानले पर्यटनबाट गतिलो आय लिन सक्छ भन्ने हाम्रो विश्वास छ सह संयोजक थुलुङले भने ।यो बर्ष हामीले धरान र आसपासका क्षेत्रहरुको पर्यटकीय क्षेत्रको पहिचान र आवश्यक संम्रचना निर्माणलाई जोड दिए गरि कार्यक्रम अगाडी बढाएका छौ उनले भने अब चाँडै धरानको पर्यटन बिकासकालागि संकल्प अभियान सुरु गर्ने तयारीमा छौ । धरान उपमहानगरपालीकाका मेयरका सल्लाहकार समितीका सदस्य शंकर घिमिरेले पर्यटनका क्षेत्रमा कृयाशिल बिज्ञहरुको सुझाबका आधारमा धरानको पर्यटन बिकास गर्ने गरि कार्य सुरु भएको जानकारी दिए । धरानलाई शैक्षिक तथा खेलकुद पर्यटनको हिसाबलेपनि हामीले अध्ययन गरेका छौ उनले भने । घिमिरे धरान उपमहानगरपालीकाका शिक्षा समितीका अध्यक्षपनि हुन । धरानका मेयर तारा सुब्बाले धरानका प्रदेश सडक आगन्तुकहरुकालागि आर्कशक बनाउने बताए ।यो क्षेत्रमा १ नम्बर प्रदेशको नमुना बन्ने हाम्रो प्रयास हो मेयर सुब्बले भने । पदमार्ग पहिचान सुरु धरान उपमहानगरपालीकाको पर्यटन विकास समितीले धरानमा पदमार्ग पहिचानको कार्य सुरु गरेको छ । धरान र आसपासका ऐतिहासिक क्षेत्रहरुकोमा कसरी पर्यटक लैजान सकिन्छ भनेर हामीले पदमार्ग पहिचानको कार्य थालनि गरेका छौ समितीका सह संयोजक किशोर थुलुङले भने‘हामी धरानलाई परिक्रममा गर्ने गरि नयाँ पदमार्गको खोजी गरि रहेका छौ । समितीले पहिलो चरणमा धरान बजारबाट दानाबारी,सेर्के,थुम्की,साँगुरी गढि ,धरापानी हुदै पुनःधरान आउने रुटको पहिचान गरेको छ । यो रुट पदमार्गकोलागि हरेक हिसाबले उपयुक्त देखिन्छ समितीका सदस्य तथा इको टुरीजममा मास्टर्स गरेका साहसिक खेलका प्रबर्धक लेखमणी जिमीले भने यो ठाउमा भुगोल,जैबिक अध्यन र पर्यावरणको समेत अध्ययन गर्ने नयाँ ठाउको रुपमा फेला परेको छ ।पहिलो चरणको पदमार्ग पहिचान गर्ने टोलिमा समितीका सह संयोजक किशोर थुलुङ,सदस्य लेखमणी जिमी,पर्यटनको क्षेत्रमा केन्द्रीत रहेर पत्रकारीता गरिरहेका पत्रकार रोहीत राई,पत्रकार दिनेश गजमेर,नगर प्रमुखका सचिवालयका सदस्य देवाहाङ राई,धरान उपमहानगरपालीकाका प्रेस संयोजक योगेशबाबु काफ्ले सहितको टोलि हिडेको थियो ।टोलिले बिभिन्न ठाउमा अन्तकृया र अध्ययन गरेको थियो ।