चलचित्रका नायक/नायिकाले मात्र नभई चलचित्र निर्देशकहरु पनि महँगो पारिश्रमिकमा अनुबन्धित हुने गरेका छन् । केहि समय अघि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले रु. २५ लाख बढी लिएको कुराले मिडियामा निक्कै चर्चा पाएको थियो । निश्चल निर्देशित पहिलो चलचित्र ‘लुट’ सुपरहिट मात्र नभई नेपाली सिने जगतमै एक उदाहरणीय चलचित्र सावित भयो ।
यसै क्रममा अहिले निर्देशक दिपेन्द्र के खनाल पनि एक महँगो निर्देशकको रुपमा चिनिएका छन् । चलचित्र ‘पशुपति प्रसाद’ निर्देशनबाट चर्चामा आएका खनालले अब निर्देशन गर्न लागेको अर्को चलचित्र ‘चङ्गाचेट’मा २५ लाख पारिश्रमिकको सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । निर्देशनमा दिपेन्द्र के खनाल र माधाव वाग्लेको निर्माणमा बन्न लागेको यो चलचित्रमा प्रमुख अभिनय रहने कालाकारहरु आयुष्मान देशराज जोशी, रबिन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसी चलचित्रका लागि अनुबन्धित भैसकेका छन् भने अन्य कलाकारहरुको छनौट कार्य जारी रहेको छ । जनकपुर, काठमाडौ र पोखरालाई प्रमुख छायांकन सेड्युल बनाएको ‘चङ्गाचेट’ निर्माण टिम आउँदो चैत्र १ गतेबाट मैदानमा उत्रिने तयारीको क्रममा छ ।