पथरी । उत्तरी मोरङको लेटाङमा बन्यजन्तु सिकारी तथा तस्करी गर्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय लेटाङको गस्ती टोलीले लेटाङ ९, जाँते क्षेत्रमा गस्ती गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका १० बस्ने ३० बर्षीय डम्बर बहादुर मगरलाई पक्राउ गरेको हो । मगरलाई लेटाङ र पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पर्ने राष्ट्रिय वन क्षेत्रमा सिकार गदैगर्दा पक्राउ गरेको हो । मगरलाई भरुवा बन्दुकले लागेर घाइते भएको अन्दाजी १५ केजी बदेल सहित पक्राउ गरेको थियो । मगरलाई गरेता पनि अन्य १०–१२ जनाको संख्यामा रहेको समूह भाग्न सफल भएको इलाका प्रहरी कार्यालय लेटाङका इस्पेक्टर खगेन्द्र राज खड्काले बताए । पक्राउ परेका मगर र बदेल अनुसन्धानको लागि सेक्टर बन कार्यालय मंगलबारेमा बुझाईएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छन् ।