पानवारी । अणुब्रत समिति धरानले सोमबार धरान–१ मा रहेको पुनस्थापना गृहमा रहेका २५ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बालबालिकालाई ब्ल्याङकेट, टोपी र खाद्यान्न सामाग्री वितरण गरेको अणुब्रत समिति धरानका मन्त्री भरत जैनले जानकारी दिए । कार्यक्रममा समितिका अध्यक्ष जतनलाल जैनले आगामी दिनहरुमा पनि सेवामुलक कामहरु गर्दै जाने बताएका थिए । कार्यक्रममा मारवाडी सेवा समिति धरानका अध्यक्ष अनिल अग्रवाल लगायतले कपडा वितरण गरेका थिए ।