काठमाडौं / सर्वोच्च अदालतको अवहेलनामा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दामा दोस्रो दिनको बहस सुरु भएको छ। सर्वोच्च अदालतमा विहान साढे ९ बजे नै पुर्याइएका केसी विरुद्धको मुद्दामा दोस्रो दिनको बहस सुरु भएको हो।
डा. केसीको पक्षमा अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्दैछन् भने उनको विरुद्धमा प्रकाश केसीले बहस सुरु गरेका छन्।
डा. केसी अनशनरत छन्। उनको अनशनको तेस्रो दिन हो। उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्दै चौधौं पटक अनशनमा छन्। उनलाई सोमबार बेलुकी अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो।
डा. केसीले मंगलबारको पहिलो दिनको बयानमा आफूले अदालतको अवहेलना नगरेको बरु प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको बताएका थिए।