इटहरी । पछिल्लो केहि वर्षमा पूर्वको केन्द्रबिन्दु इटहरी सहित प्रमुख शहरहरुमा पर्यटकीय क्षेत्रमा होटेल व्यवसायमा व्यापक लगानी भएको छ । होटेल ब्यावसायमा करोडौ लगानी वर्षेनी थपिदो छ । पूर्वी पहाडी पहाड देखि मधेष सम्मको गन्तब्य इटहरीमा होटल ब्यावसाय फस्टाउँदोे छ । यहाँ केहि वर्र्ष यता मात्र करोडौं रुपैयाँ लगानीमा होटेल र रिर्सोट निर्माण भएका छन । प्रादेशिक सरंचनाले होटल ब्यावसाय बढ्ने भन्दै ब्यावसायीहरु होटेलमा उत्साहित रुपमा लगानी गरीरहेको ब्यावसायीहरु वताउँछन ।
खासगरी विराटनगरदेखि धनकुटाको हिलेसम्मको औद्योगिक तथा पर्यटकीय करिडोरमा ठूला लगानीमा होटेल निर्माण भएका धमाधम भईरहेको छन त्यसमा पनि इटहरीले हाटल ब्यावसायमा फड्को मारीरहेको होटल ब्यावसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापा वताउँछन । अहिले इटहरीमा ठुला ठुला लगानीमा होटल निमार्ण भईरहेको उनको भनाई छ । होटेल व्यवसायमा लगानी थपिने क्रमले तीव्रता पाएको छ अध्यक्ष थापाले भने । कतिपय नयाँ होटेल निर्माणका क्रममा छन्। कतिले चाँहि सेवा दिन सुरु गरिसकेका छन उनले थपे ।
इटहरीमा भर्खरै करोडौ लगानीमा होटल त्रियुगा सुरु भएको छ । विगत दुई दशकभन्दा लामो समयदेखि होटेल व्यवसायमा संलग्न इटहरीका नेत्र गिरीले उक्त होटेल सञ्चालनमा ल्याएका हुन । भाडाको घरमा करोडौ लगानीमा होटल सुरु गरेको उनी वताउँछन । यस अघि उनी इटहरीमै साग्रीला होटल चलाउँदै आएका आएका गिरी होटल ब्यावसायमा सफलता खोज्न नयाँ होटल सञ्चालनमा ल्याएको वताउँछन । उनी भन्छन् पर्यटकहरुलाई आकर्षित गर्ने सुविधा सम्पन्न होटलमा रात्रीकालीन गजल समेत सञ्चालनमा ल्याएका छौ । इटहरीकै पुराना होटेल ब्यावसायी जिवन पराजुली होटेल ब्यावसायमा लगानी बढाउँदै गएको वताउँछन । साडे ४ करोडको लगानीमा इटहरीमै होटेल इनटुरिस प्यालेस बनाउँदै गरेको वताए । तिरुपती होटेल सञ्चालन गदै आएका उनले नयाँ होटेल खोलेको वताए । होटेल निर्माणमा पनि हौसिएको छु । केहि समयमै नयाँ होटल सञ्चालनमा आउनेछ उनले भने । पराजुली इटहरीका पुराना होटेल ब्यावसायी हुन ।
प्रादेशिक सरंचनाको आधारमा समेत होटल खोलिने क्रम बढ्न थालेको छ । इटहरीकै आपगाछीमा थ्रिस्टार होटल सञ्चालनको तयारीमा छ । सफल ब्यावसायी वलराम आर्चाय र भिम पौडेलको लगानीमा सुरु हुने होटल करोडौ लगानीमा निमार्णकार्य धमाधम हुदै छ । ठुलै लगानीमा इटहरीमा ओसियन पार्क एन्ड रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्ट क्षेत्रमा स्विमिङ पुल, वाटर साइड, फेमिली वाटर साइड, कृत्रिम समुद्री छाल र रिसोर्ट छुट्टै निर्माण गरिएको छ ।
इटहरीकै पुराना होटल ब्यावसायी तथा हिरा होटेलका सञ्चालक हिरा महतोले नयाँ होटल सुरु गरेको वताए । लज सहितको सुविधा सम्पन्न होटल इटहरी चौकमा करीव ५ करोडको लागतमा सुरु भएको उनको भनाई छ । इटहरीमा सुविधा प्राप्त होटेल लहरूमा पाथिभारा, जय नेपाल, बुद्ध, तिरूपति, सुविधा, स्वागत, कञ्चनजङ्घा, पेरिस, रोयल रिसोर्ट, मनशान्त, क्विन प्यालेस, साङ्ग्रिला, कोसी, इलामेली, मेचीकाली होटल त्रियुगा,दरवार इन लगायतका दर्जनाँै होटल इटहरी चोक आसपासमा नै सञ्चालित छन् ।