ताप्लेजुङ । ताप्लेजुङका अलैची कृषक सहित सरोकरवालाहरुले अलैँची विकास बोर्ड गठन भए अलैची सम्बन्धि सबै समस्याको समाधान हुने निश्कर्ष निकालेका छन् ।
अलैचीका क्षेत्रमा देखिएका चुनौति र यसका अवसरका विषयमा विश्व परिदृश्य वकालत मञ्चले विहिबार गरेको अन्तरक्रिया कार्याकमका सहभागि कृषक तथा व्यवसायीहरुले अलैचीले उत्पादन भएको समयमा मुल्य नपाउनु र बजार व्यवस्थापनमा बारम्बार समास्या आउनुनै अलैँची विकास बोर्ड गठन नहुनुको परीणाम भएको बताए ।
बोड गठन भए नेपालमा उत्पादित अलैचीको अन्तरदेशिय व्यापारलाई अझै मजबुत बनाउन सकिने बताउँदै अलैची व्यवसायी संघ ताप्लेजुङका सचिव खेम केसिले विकास बोड नहुँदा भारतीय बजार र केहि सिमित बिर्तामोडका व्यापारी सामु आफहरु झुक्नु परेको बताए ।
अलैँची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग, कीरा र जनावरको संक्रमण नियन्त्रण, खेती प्रविधिको अनुसन्धाका क्षेत्रमा विभिन्न कार्यक्रम सफल रुपमा भईरहे पनि उत्पादनले बजार नपाउँदा ती कार्यक्रम गरी अलैची गुणस्तरिय फलाउनुको औचित्य नै नभएको कृषक समेत रहेका व्यवसायी केसीको भनाई छ ।
अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने सहभागिहरुको माग रहेको छ । अलैँचीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले उचित नीति ल्याउनुपर्ने उनकोे माग रहेको छ ।
सरकारले अलैँची खेतीको विकास र विस्तारका लागि खासै चासो नदिएको र निति र विकास बोर्ड गठनमा ध्यान नजाँदा अलैची कृषक देखि व्यवसायी सबै मर्कामा परेको अन्तरक्रियमा सहभागि स्रोत व्याक्ति तेज थापाको भनाई छ ।