शनिश्चरे। झापाको शिवसताक्षी नगरपालिकाको वडा नम्बर ५ स्थित वडा कार्यालयको भवनको निर्माणको लागि स्थानीयवासीबाट ५ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध भएको छ । जसका लागि स्थानीय अर्जुन ढकालले १ कठ्ठा, यादव गिरीले १ कठ्ठा, अगम गिरीले १ कठ्ठा, त्रिलोचन उप्रेतीले १० धुर, गुणा गिरीले १० धुर र प्रेम गिरीले १० धुर गरी जम्मा पाँच कठ्ठा जग्गा उपलब्ध गराएको वडाध्यक्ष सत्यनारायण राजवंशीले जनाए । हाल भाडाको घरमा सञ्चालन भईरहेको वडा कार्यालय भवन निर्माणका लागि साविक पाँचगाछी गाविस वडा नं ८ भेलामुनीको सारागान्धीमा जग्गा उपलब्ध भएको हो ।