काठमाडौं/डा. गोविन्द केसीले १४ औँ पटकको अनशन तोडेका छन् । गएको सोमबारदेखि अनशन बसेका डा. केसीले छैठौं दिनमा अनशन तोडेका हुन् । शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने नथुनिया मोतीको हातबाट जुस पिएर डा। केसीले शनिबार अनशन तोडेका छन्।
शुक्रबार बेलुका स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग ५ बुँदे सहमति गरेर डा. केसी अनशन तोड्न सहमत भएका हुन् । शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा. केसीले सरकारसँग गरेको सहमतिपत्रमा त्यसविषयमा भने केही उल्लेख गरिएको छैन । उहाँका समर्थकले यो माग कायमै रहेको बताएका छन् ।
उज्यालाेअनलाइन्