इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका ४ स्थित बुढीखोला नजिक शनिबार बिहान ट्याक्टरको ईन्जिनमा च्यापिएर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा को.२.त.३८९६ नम्बरको ट्याक्टरका चालक मोरङ सुन्दर-हरैचा नगरपालिका ६ बस्ने २१ बर्षिय दिल कुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

बिहान पौने ८ बजे बुढी खोलाबाट मिक्स गिटी बोकेर ईटहरी चौकतर्फ आउँदै गरेको ट्याक्टर उकालो बाटोमा ईन्जिनको अगाडीको भाग अचानक माथी उठ्दा चौधरी च्यापिएर घाईते भएका थिए।

घटनामा गम्भीर घाईते उनलाई उपचारकालागी धरानस्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान साढे ९ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।