कुनै न कुनै बहानामा हरेक महिना म्युजिकल साझ भइरहने संगित प्रेमि धरानेहरुको शहर धरानमा आइतबारको साझ पनि अछुतो रहेन । धरान ८ स्थित यलम्वर वन अगाडि केहि ढिलो गरि भए पनि साझ सुरु भयो ।
सायद धरानमा बढेको अत्याधिक चिसोको कारणले होला म्युजिक भन्न वित्तिकै तातिने धराने दर्शकहरु पनि शान्त भएर कार्यक्रम हेरि रहेका थिए । तर कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले स्टेज माथि वाट जव किरातिहरुको नया वर्ष यलेदोङ ५०७८को अवसरमा यहाहरुलाई ह्याप्पि न्यु इयर भन्दैै के चिच्याएका मात्र थिए धरानेहरु अफ्नो रुपमा आइहाले ।
शान्त भएर वसेका दर्शकहरु एकाएक तातिएर एकै साथमा ह्याप्पि न्यु इयर भन्दै उफ्रिन थाले । त्यस पछि कलाकारहरुलाई अरु के चाहियो र धरानका म्युजिकल व्याण्डहरुले पनि दर्शकलाई थप तताउन थाले । कार्यक्रम थियो किरातीहरुको नया वर्ष यलेदोङ ५०७८ को अवसरमा व्लिङक इभेन्ट म्यानेजमेन्टको आयोजनामा एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि दोस्रो यलम्वर साझ २०७४ ।
व्लिङक इभेन्टले कार्यक्रम वाट उठेको करिव एक लाख रुपैया एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि खोलिएको अक्षय कोषमा जम्मा गर्दिने व्लिङक इभेन्टका अध्यक्ष अमितदुमि राईले जानकारी गराए । यस अघि पनि पहिलो यलम्वर साझ वाट उठको पच्पन्न हजार रुपैया क्यान्सर पिडित नायशा शाक्यलाई सहयोग गरिसकेको अध्यक्ष दुमि राईले जनाए ।
कार्यक्रमका प्रमुख अतिथी उपमेयर मञ्जु भण्डारिले पानसमा दिप वालेर ७ वजे देखि सुरु भएको साझ राति एघार वजे सम्म चलेको थियो । कार्यक्रमका विशेष अतिथी जन गायक तथा धरान उपमहानगरपालिकाका पर्यटन वोर्ड सहसंयोजक किशोरथुलुङ्ग राईले वहाको चर्चित गित खोकु छिन्ताङ्ग दुख्योकि अरुण सुसाउदा वोलको गित गाउन थाले पछि प्रमुख अतिथी मञ्जु भण्डारी स्टेज अगाडि आएर नाच्न थालेका थिए । गित सके पछि उनले भने पहिले आन्दोलनको वेला जुनै कार्यक्रममा पनि यहि गितमा हामि नाच्थियौ ।
अहिले प्रत्यक्ष गायकले नै गाउन थाले पछि मनले मानेन । उनलाई साथ दिन अन्य अतिथीहरु पनि स्टेज अगाडि आएर नाचेका थिए । कार्यक्रममा चर्चित गायक प्रशान्त शर्मा वदमाश व्याण्ड, प्याराडाइस व्याण्ड, शुनिल हाइजिङ लगायतले आफ्नो प्रस्तुति दिएका थिए । रोयल डान्स एकेडेमि, सिदार्थ डान्स क्रिउ र वि लिन्क क्रिउको नृत्य प्रस्तुति र गणेश इशाराको हास्य प्रहशनले दर्शकलाई थप मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा व्लिङक इभेन्टका सल्लाहकार तथा अग्रज पत्रकार जनकऋषि राईले स्वागत मन्तव्य दिएका थिए भने अतिथिहरुमा नेपाल बास्केटवल संघ, केन्द्रिय उपाध्यक्ष तथा तामाङ घेदुङ सुनसरी अध्यक्ष सुरज लामा, किरात राई यायोक्खा सुनसरी, उपाध्यक्ष वलराम राई, किरात राई खेलकुद संघ सुनसरी अध्यक्ष तथा पुर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राई, यलम्वर सामुदायीक वन अध्यक्ष राम राई, नेपाल यातायात स्वतन्तत्र मजदुर संगठन धरान नगर कमिटि अध्यक्ष कमल भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम आरजे शिसिर राई र मोडल रोशिमा राईले सन्चालन गरेका थिए । तस्विरः असिम चाम्लिङ राई