विराटनगर/भिन्न नियम, कडा अनुसानको बिचमा बसेका सुनसरी झुम्का कारागारका कैदीबन्दीले सोमबार दिनभरी चर्चित कलाकारको प्रस्तुतीमा रमाएका छन् ।
सितलहरसँगै बढेको जाडाको कुनै प्रभाव नगरी माघे संक्रान्तिको अवसर पारेर कारागार भित्रको बल्क ‘ए’ मा आयोजना गरेको साँगीतिक कार्यक्रममा बन्दीलाई कलाकारले छुट्टै मनोरन्जन दिलाए ।
स्थानिय कलाकारहरुको प्रस्तुतीपछि स्टेज उत्रिएकी निर्देशक तथा हाँस्य कलाकार दिपाश्री निरौलाले सहभागिलाई पेट मिचि मिची हसाइन् । उनले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ २ को ‘सुर्के थैली खै.. बोलको गीतमा नृत्य प्रस्तुत गर्दै स्टेज चेढेकी निरौलाले ‘भुनिया’ को बोली बोल्दै सबैलाई हसाइन् ।
[caption id="attachment_69249" align="aligncenter" width="683"] गायिका मिना निरौला[/caption]दिपाको प्रस्तुती पछि स्टेज चढेकी गायिका मिना निरौलाले आफ्नो चिर्चित आइटम गीत प्रस्तुत गरी कैदीबन्दीलाई छमछमी नचाइन् । दोस्रो पटक झुम्का कारागारमा रमाइलो गर्न आएको जानकारी दिदै उनले निकै हिट गीत ‘लौजाउ गुमाउन मलाई ठमेल बजार... गीतबाट आफ्नो प्रस्तुती प्राराम्भ गरीन् । पहिलो गीतबाट कैदीबन्दीहरुलाई छमछमी नचाएकी मिनाले लगातार हिट गीत प्रस्तुत गरीन् । कैदीबन्दीको थप औसला पाएकी मिनाले ‘काले दाइ काले दाइ..., चोली अलि छोटो छ... बोलको गीत गाएर कैदीबन्दीलाई एक घण्टा उफारीन् । चर्चित आधा दर्जन गीत प्रस्तुत गरीसक्दा पनि बन्दीहरुले वान्स मोर भन्दै उटिङ्ग गरेको देखिन्थो ।
गायक सुमित खड्काले देशभक्ती गीत गाएर रमाइलो गरे । उनको हालै बजारमा आएको एल्वमहरुको गीतहरु प्रस्तुत गरे । त्यस्तै गायिका प्रश्ना शाक्य, तारा लावती र स्थानिय गायकहरुको प्रस्तुतीले थप आकाषर्ण बन्योे । स्थानिय नागी डान्स सेन्टरका कलाकाहरुले साँस्कृतिक देखि बेली डान्समा नृत्य प्रस्तुत गरी थप रमाइलो प्रदान गरे ।
विभिन्न सजाए पाएर कैदा भुत्तान गर्दै आएका कैदीबन्दीहरुलाई चार्डपर्वको समयमा राष्ट्रियस्तरमा चर्चित कलाकारलाई ल्याएर मनोरञ्जन दिने गरेको चौकीदार प्रेम लावतीले बताए । उनका अनुसार यस्तो साँगीतिक कार्यक्रम नयाँ वर्ष, विजयदशमी तथा शुभदिपावली जस्ता चार्डपवमा कार्यक्रमहरु हुने गर्दछ ।
सोही अवसरमा कलाकाहरुलाई सम्मान समेत गरेको छ । चलचित्र निर्देशक दिपाश्री निरौला, गायिका मिना निरौला, प्रश्ना शाक्या, गायक सुमित खड्कालगायतका कालाकारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने कलाकाहरुलाई कार्यक्रमको प्रमुख अतिथि समाजसेवी दिनबन्धु गोयल र चौकीदार प्रेम लावतीले सम्मान गरेका थिए ।