नेपाली सिने उद्योगमा चलचित्र प्रचारको लागि विभिन्न तरिकाहरु अपनाउने गरिन्छ । जस्ले प्रायः लाई सकारात्मक फाईदा पुर्याउछ । यस्तै एक चलचित्रले पनि नयाँ प्रचार काईदा अपनाएको छ । प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘पन्चेबाजा’ ले यस्तो काईदा अपनाएको हो ।

चलचित्र टीमले केही समयमै ‘पन्चेबाजा’ को ट्रेलर सार्बजनिक गर्दैछ । उक्त ट्रेलर युट्युब मार्फत सार्बजनिक पश्चात् पहिलो कमेन्ट गर्नेलाई पुरस्कार दिने स्किम अगाडि ल्याएको हो । टीमले सबैभन्दा पहिले कमेन्ट गर्ने एकजना भाग्यमानीलाई आकर्षक पुरस्कार दिनेछ भने अन्य १५ जनालाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।

यस स्किम अन्तर्गत बिजेताले आकर्षक पुरस्कार सहित फिल्मका नायक सौगात मल्ल, जस्मिन श्रेष्ठ र टिम संग पनि भेटघाट र लन्च तथा डिनर गर्ने मौका पाउनेछन् । फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ भने फागुन ११ गतेबाट सार्बजनिक प्रदर्शनमा आउदैछ ।