धरान/धरानमा पहिलो पटक नगरस्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएको छ । धरान प्रज्ञा प्रतिठानको आयोजनामा माघ २९ गते प्रतियोगिता हुने भएको हो ।
[caption id="attachment_69303" align="alignleft" width="436"] फायलफाेटाे[/caption]धरान८ सभागृहमा खुल्ला नृत्य प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए । प्रतियोगितामा विभिन्न सङ्घसंस्था, निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा रहने धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्विका सम्बाहाम्फेले बताए । चलचित्रका गीत बाहेकका परम्परागत तथा मौलिक नृत्यलाई मात्र प्रतियोगितामा समावेश गरिने भएको छ ।
प्रतियोगितामा १० नृत्य समुहहरु रहने र सो भन्दा माथि भएका छनौट पकृया हुनेछ । एक नृत्य समुहमा कम्तिमा ६ जना र बढीमा १२ जना कलाकार रहने प्रतियोगितामा प्रथम विजेता समुहले रु ५० हजार नगद पुरस्कार र उत्कृष्ट नृत्य निर्देशकले १० हजार नगद राशि प्राप्त गर्नेछन् भने दास्रो र तेस्रोलाई शिल्डको ब्यवस्था रहेको अध्यक्ष सम्बाहाम्फेले बताए ।
सहभागी हुन इच्छुक नृत्य समुहले कलाकारको नाम , नृत्यको प्रकार, नृत्यको बारेमा छोटो परिचय र नृत्य निर्देशकको बारेमा आयोजकलाई माघ १५ भित्रमा जानकारी गराइसक्नु पर्ने छ । अन्तिम प्रतिस्पर्धामा ६ जना निर्णायकहरु मध्ये २ जना धरानबाट निर्णायकहरु रहनेछन्, भने अन्तिम निर्णय ताल, मौलिक, हाउभाउ, प्रस्तुति, नृत्यको परिचयबाट अंक प्रदान गरिने आयोजक गोपाल देवानले जानकारी दिए ।