[caption id="attachment_69830" align="aligncenter" width="1024"] तस्विरः विकास चाम्लिङ राई[/caption]

धरान/वर्षमा तिन चार वटा सौर्दय प्रतियोगिता भइरहने धरानमा मिसेस प्रदेश १ सौर्दय प्रतियोगिता पनि थपिएको छ । वुमन वर्थ ग्रुपु को आयोजनामा यहि फागुन २६ गते मिसेस प्रदेश १ प्रतियोगिता आयोजना हुन लागेको अयोजकले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ ।

देश संघिय संरचनामा गएपछि याे देश कै पहिलो प्रदेश स्तरिय सौर्दय प्रतियोगिता रहेको आयोजकको दावि छ ।समाजमा विवाह अघि र पछिको महिलाको जिवन फरक रहेको र क्षमता र रहर हुदा हुदै पनि विवाह पछि अवसरको कमिले महिलाले खुम्चिएर वस्नु पर्ने वाध्यता छ । वैवाहिक जिवन पछाडि पनि महिलाहरुको क्षमतालाई प्रदर्शन र अभिवृद्धि गर्ने सोचले वुमन वर्थ ग्रुपले मिसेस प्रदेश १ प्रतियोगिता आयोजना गर्न लागेको ग्रुपकी अध्यक्ष तथा कार्यक्रम संयोजक मिरा धमलाले बताइन्।

प्रतियोगितामा सहभागि हुनका लागि अडिसन मार्फत नै छनौट हुन पर्ने आयोजकले जनाएकाे छ । अडिसन यहि माघ १५ गते मसला जोन रेष्टुेरन्ट विर्तामोड , माघ १८ गते कत्यानि इन होटल दमक, माघ २३ गते गंगाजमुना होटल इटहरी, २४ गते हाङकुक साराङ कोरियन रेष्टुरेन्ट धरानमा हुनेछ । यसैगरि माघ २९ गते छनौट हुनेहरु र उनिहरुको अविभावकहरु सँग धरान फिटनेस क्लबको हलमा अन्तरक्रिया कार्यक्रम हुनेछ, भने फागुन २ गतेबाट सहभागिहरूलाई विभिन्न विषयमा प्रशिक्षण गराई फागुन २६ गते धरान ८ स्थित धरान सभागृहमा ग्राण्ड फिनाले हुने आयोजकले जनाए ।

प्रतियोगिताका विजेताले नगद एक लाख रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्ने कार्यक्रमका आर्थिक विभाग प्रमुख रोजि श्रेष्ठले बताइन् । यसैगरि मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल विजेताले पनि ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने श्रेष्ठले बताइन् ।

महिलाहरुको सामाजिक शसक्तिकरणको लागि वुमन वर्थ ग्रुप इभेन्ट म्यानेजमेन्ट प्रालिकाे स्थापना गरिएको संस्थाका सदस्य तथा कार्यक्रम निर्देशक ज्योति राईले सम्मेलनमा बताइन् । प्रतियोगितामा सहभागि महिलाहरुको क्षमता प्रदर्शन तथा अभिवृद्दिका लागि करिव तिन हप्ताको समयमा विभिन्न विषयमा प्रतियोगिहरुलाई तालिम तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

नँया संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपाचार तालिम, उद्घोष तथा भाषणकला तालिम,आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आन्मरक्षा तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन विषयमा प्रतियाेगीहरूलार्इ तालिम तथा प्रशिक्षण दिइने आयोजकले जनाएकाे छ  ।

कार्यक्रम आयोजक समितिमा संयोजक मिरा धमला, इभेन्ट डाइरेक्टर ज्योति राई, फाइनान्स संयोजक रोजि ताम्रकार, मिडिया संयोजक सरला श्रेष्ठ, कलाकार संयोजक हरी मादेन, कार्यक्रम प्रचार संयोजक उमा ताम्रकार, गेस्ट व्यवस्थापन संयोजक विनिता आचार्य, निर्णायक व्वस्थापन संयोजक सुजता श्रेष्ठ र कार्यक्रम स्थल संयोजक छाया श्रेष्ठ रहेका छन् ।