ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपलिका-५ बस्ने डिककुमार खवास र दिलकुमार खवासको घरमा मंगलबार आगलगी भएको छ।
अपरान्ह ४ बजेतिर अचानक सल्केको आगोले डिककुमारको काठले बनेको ३ तले घर , लत्ताकपडा, लगाएत सम्पूर्ण समानसमेत जल्दा अन्दाजी ११ लाख १६ हजार बराबरको क्षति भएको छ भने दिलकुमारको काठले बनेको तीन तले घर, नगद ६० हजार, सुनचाँदी लगाएत सम्पूर्ण समानसमते जल्दा अन्दाजी १५ लाख ८ हजार ५ सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।
आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा साँझ ५;३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।