शनिश्चरे/अर्गनाइजेशन अफ भुटनिज कम्युनिटी इन अमेरिकाले झापा र मोरङमा रहेका भूटानी शरणार्थी र तेस्रो देश पुनर्वास भएका भूटानीहरुको स्वदेशफिर्तीको दिगो समाधानका लागि यो समस्यालाई अन्तरराष्ट्यिकरण गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

सो समूहले भूटानी शरणार्थी मामिला सधैंका लागि समाधान गर्न विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै नेपालका विभिन्न राजनीतिक दल, तिनको नेतृत्व, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ, नेपालस्थित अमेरिकी दूतावास र युएनएचसीआरका प्रतिनिधिहरु सामु चार बुँदे माग प्रस्तुत गरेको छ । समूह अध्यक्ष दिलिप दाहालले स्वदेश फिर्ती हुन नसक्ने, नेपालमै पुर्नस्थापना हुन नसक्ने र तेस्रो देश पुर्नस्थापना पनि बन्द हुने अवस्था भएको खण्डमा भूटानी शरणार्थी मामिलालाई नेपाल सरकारले अन्र्तराष्ट्रियकरण गर्नुपर्ने वताएका छन् ।

अब बन्ने स्थायी सरकारले भूटान सरकारसँग वार्ता गरी झापा र मोरङ शिविरमा रहेका भुटानी शरणार्थी भुटान फर्काउने पहल गर्नुपर्ने माग गरिएको छ । यदि भूटान फर्काउँन नसके नेपालकै विभिन्न ठाउँमा बाँकी रहेका ६ हजार ५ सय भन्दा बढी भुटानी शरणार्थीहरुलाई पुर्नवासको कुरा अघि सारिएको छ । २०१७ को डिसेम्बरदेखि तेस्रो देश पुर्नस्थापनाको विकल्प सकिएपछि उनीहरु विचल्लिमा परेका छन् ।

विभिन्न कारणले दर्ता छुटेका १ हजार ६ सय भन्दा बढी भुटानीलाई शरणार्थी परिचय पत्र वितरण गरि दर्ता गर्न समेत माग गरिएको छ । नेपाल सरकारले भुटानसँग १५ चरणसम्मको वार्ता गर्दा पनि समस्या समाधान नभएपछि वाध्य भएर आफुहरु तेस्रो देश पुनस्थापनामा जान वाध्य भएको भनाइएको छ ।

सन् २००८ मा शिविरमा बस्दै आएका शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुर्नस्थापना सुरु गरिएको थियो । १ लाख १० हजार भुटानी शरणार्थीहरु अमेरिका सहितका ८ मुलुकमा मुलुकमा पुर्नस्थापित भइसकेका छन् । जसमा ९० हजार शरणार्थीहरु अमेरिकामा बसोवास गरिरहेका छन् ।