काठमाडौं/ राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार भएको मनोनयन दर्तामा १२ जना महिला निर्विरोध भएका छन् । बुधबार भएको मनोनयनमा प्रदेश १, २, ५ र ७ बाट १२ महिला निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार माघ १५ गते अन्तिम नामावली प्रकाशित गरिसकेपछि निर्वाचन अधिकृतले निर्विरोध घोषणा गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । निर्विरोध भएकाहरुको कागजात मिलेको छ छैन भनेर सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयले जाँच गरेपछि बल्ल निर्विरोध घोषित गरिनेछ ।
नामावली यस्ता छन्ः– प्रदेश–१ माओवादी – विना पोखरेल एमाले – नैनकला ओझा कांग्रेस – सरिता प्रसाईं
प्रदेश–२ कांग्रेस – मुक्ताकुमारी यादव माओवादी – शशीकला दाहाल फोरम – प्रमिला कुमारी
प्रदेश–५ कांग्रेस – अनिता देवकोटा एमाले – कोमल वली एमाले – मीना बुढा
प्रदेश–७ कांग्रेस – तारादेवी जोशी एमाले – कमला ओली एमाले – इन्दु कडरिया
shikharnews