[caption id="attachment_70753" align="aligncenter" width="4001"] पत्रकार सम्मेलन गर्दै तस्वीर : सन्तवीर लामा[/caption]

धनकुटा/उद्योग बाणिज्य संघ धनकुटाले माघ २९ गतेबाट १० दिने चौथो प्रादेशिक औधोगिक ब्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७४ सम्पन्न गर्ने भएको छ ।

धनकुटा उधोग बाािण्ज्य संघले महोत्सवका लागि १ सय १ मुल समारोह समिति र बिभिन्न १४ वटा महोत्सव उप–समिति गठन गरेर महोत्सव तयारीको काम तिव्र रुपमा चलिरहेको पत्रकार सम्मेलन गरेर संघले विहिवार जानकारी दिएको छ । ‘कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र ब्यपार,समुन्नत प्रदेश नं. १ को आर्थिक बिकासको आधार’ भन्ने नाराका साथ सम्पन्न हुने उक्त महोत्सव फागुन १० गते सम्म धनकुटाको टुंडिखेलमा संचालन हुने छ । एक लाख लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याएर ३ करोड बराबरको कारोबार गर्ने लक्ष रहेको उक्त महोत्सवमा १ सय २५ प्रदर्शनी र २५ खाना गरी जम्मा १ सय ५० स्टलहरु रहने छ ।

महोत्सवमा नेपाल एकीकृत ब्यापार रणनीति (एटिआईएस) मा समावेश भएका बस्तु, औधोगिक, ब्यपारीक, हस्तकला, कृषी तथा जडिबटी प्रदर्शन, घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको प्रदर्शन र राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । उक्त महोत्सवको मुख्य लक्ष नेपाल एकिकृत ब्यापार रणनीति,पर्यटकीय स्थल,घरेलु उत्पादनको बजार पहिचान,कृषि जन्य बस्तुहरुको निकासीमा प्रवद्र्धन गर्ने र स्थानिय कला संस्कृतिको बिकासमा टेवा पु¥याउनु रहेको आयोजनकले जानकारी दिएको छ । प्रदेश नं. १ का १४ जिल्ला मध्ये सबैभन्दा बढी कृषि उपज निकासी गर्ने जिल्ला धनकुटा भएकाले यस महोत्सवले धनकुटाको कृषि तथा ब्यापारको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने आयोजक समितिका अध्यक्ष तथा उवा संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिएका छन् । अनुमानित ५९ लाखको लागतमा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ब्यपार निकासी केन्द्र काठमाण्डौं, उद्योग बाणिज्य महासंघ काडमाण्डौ, पर्यटन बोर्ड, स्थानिय निकाय र बिभिन्न ब्यसायीक संस्थाको सहयोग रहने आयोजकले बताएको छ ।

उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा गठित १ सय १ सदस्यीय मुल आयोजक समितिसंगै अन्य १४ वटा उपसमितिहरु पनि रहेका छन् । जसमध्ये महोत्सव अनुगमन तथा निरिक्षण समितिको संयोजकमा ठेगानाथ घिमिरे र नविन प्रधान, महोत्सव सवन्वय तथा सहकार्य व्यावस्थापन समितिको संयोजकमा सन्तोष तामाङ, महोत्सव प्रायोजन व्यावस्थापन समितिको संयोजकमा सिताराम श्रेष्ठ, अतिथि सत्कार तथा सम्मान व्यावस्थापन समितिको संयोजकमा मनकुमारी तितुङ तामाङ र सह–संयोजकमा कुसुम राना, बाल उद्यान तथा स्टल व्यावस्थापन समितिको संयोजकमा रोशन श्रेष्ठ र सह–संयोजकमा रामवहादुर गोङ्गवा तामाङ, स्वागत सत्कार व्यावस्थापन समितिको संयोजकमा सर्मिला राई र सह–संयोजकमा विष्णुमाया कन्दङ्गवा, आर्थिक व्यावस्थापन समितिको संयोजकमा रोषेश श्रेष्ठ, कलाकार व्यावस्थापन समितिको संयोजकमा बिकास घिमिरे, प्रदर्शनी व्यावस्थापन समितिको संयोजकमा शैलेषमान श्रेष्ठलाई चयन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी गेट टिकट तथा स्वयम सेवक व्यावस्थापन समितिको संयोजकमा रुपेश श्रेष्ठ र सह–संयोजकमा दिनेश राई, साउण्ड शिष्टम व्यावस्थापन समितिको संयोजकमा रामवहादुर गोङ्गवा तामाङ, स्वास्थ्य खानेपानी तथा वातवरण व्यावस्थापन समितिको संयोजकमा खगेन्द्र कुमार विष्ट, मंच व्यावस्थापन समितिको संयोजकमा दुर्गा निरौला र प्रचार प्रसार व्यावस्थापन समितिको संयोजकमा विजय सन्तोषी राई र सह–संयोजकमा नविन श्रेष्ठलाई चयन गरिएको सदस्य सचिव जयन्द्र प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । पत्रकार सम्मेलन उधोग वाणिज्इ संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सदस्य सचिव जयन्द्र प्रधानले गरेको थिए ।