काठमाडौं/ काठमाडौं उपत्यकामा वातावरण प्रदुषित भएको भन्दै खुला ठाउँमा आगो बाल्न महानगरपालिकाले प्रतिबन्ध लगाएको छ । धुलो, धुँवाले स्वास्थ्यमा असर पुगी रोगका संक्रमण बढ्ने खतरा रहेको भन्दै खुला क्षेत्रमा आगो बालेमा कानुन अनुसार १ लाख जरिवाना वा ३ वर्ष जेलको सजाय हुने महानगरले जनाएको छ ।
दुई साता अघि सर्वोच्च अदालतले समेत उपत्यकामा प्रदुषण बढेको नियन्त्रण गर्न आदेश दिइसकेको छ । बाटोघाटो निर्माणबाट निस्कने लगायत धुलो धुवालाई व्यवस्थापन गर्न काठमाडौं महानगरलाई समेत आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाकाको नगर कार्यपालिकाको कार्यालयले केही समयदेखि धुलो, धुँवाको अत्याधिक वृद्धि भई वायु प्रदुषणमा असर पुगेको भन्दै रोक लगाएको हो । खुल्ला क्षेत्रमा आगो बाल्दा फोहारमैला र प्लाष्टिकजन्य फोहोर समेत जलाइने हुँदा त्यसबाट निस्कने धुवाँले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै आगो बाल्न तुरुन्त बन्द गर्न महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ ।
आगो बाले, नबालेको हेर्न अनुगमन टोली खटिई निरीक्षण गर्ने समेत जनाएको छ । आगो बालेको भेटिएमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली बमोजिम १ लाख रुपियाँ जरिवाना वा ३ महिना जेल सजाय वा दुवै सजाय गरिने सूचनामा उल्लेख गरिएको छ ।