एजेन्सी/ नेपाली फिल्म फेरी भेटौला खेलेर बम्बई हानिएकी मनिषा कोइरालाले पहिलो फिल्म सौदागर मै हिन्दि फिल्ममै माझिएका निर्देश सुभास घे अनि दिग्गज कलाकारहरु राजकुमार र दिलिप कुमारसंग काम गर्ने मौका पाईन । यसै फिल्मबाट उनी इलु इलु गर्लको रूपमा पनि बलीउडमा चर्चित पनि भईन।
पहिलो फिल्मको सफलताले नै मनीषालाई रातारात चर्चा र प्रसिद्धि दियो।दोस्रो फिल्म फर्स्ट लव लेटरमा पनि मनीषाको हिरो सौदागर् फिल्मकै हिरो बिबेक मुश्रान नै थिए। तर यो फिल्मले अपेक्षाकृत ब्यबसायीक सफलता हासिल गर्न सकेन। तैपनि मनीषाको चर्चा भने कम भएन।
यसपछि शाहरुख खान,सलमान खान,राहुल राय,मनटी लगायतका हिरोहरु संग मनीषाको गुड्डु,मंझ्धार फिल्महरु आए तर ती फिल्महरुले बक्स अफिसमा पानी पनि मागेन।
त्यसैले मनीषालाई अन्लकी हिरोईन् भन्न थालियो। निर्माताहरु मनीषाबाट टाडा जान थाले। तर साउथका निर्देशक मनिरत्नम को निर्देसनमा बनेको मनीषाको फिल्म बम्बई ले सफलताको नया झण्डा कायम गर्यो।यस फिल्मबाट मनीषाको अभिनय र सौन्दर्यको व्यापक चर्चा भयो।
रातारात मनीषालाई इन्डियन फिल उद्योगको नं. १ हेरोईन घोसित गरियो।अरविन्द स्वामी संगको मनीषाको अन्स्क्रिन जोडीलाई खुबी मन पराइयो। एकपछि मनीषाका हिट फिल्म हरु आइरहे।१९४२ अ लव स्टोरी ले त् सफलताको नया इतिहास नै रच्यो भन्दा पनि हुन्छ। एक लड़किको देखा तो ऐसा लगा भन्ने गीत मा मनीशाको सौन्दर्यको जावेद अख्तर ले रामायण नै लेखेका छन् भन्दा पनि हुन्छ। वास्तबमै बम्बई पछी मनीष यो फिल्म मा गज़ब्की सुन्दर देखिएकी छिन।
त्यस पछी आमिर खान संग मनीषाको अकेले हम अकेले तुम,मन जस्ता फिलम् आए। ब्यबसयिकता का दृष्टिले यी फिल औसत भए तापनि यी फिल्म हरुमा पनि मनीषाको अभिनयको राम्रै तारिफ भयो। मनीषाको सौन्दर्यको जमेर तारिफ भएको फिल गुप्त पनि हो। यसमा उनले काजोल र बबी देओल संग स्क्रिन शेयेर गरेकी छिन यसै बिचमा मनीषाको निजि जीवनको किस्सालाई पनि इन्डियन मिडियाले नुन खोर्सानी मसला लगाएर प्रस्तुत नगरेका हैनन्।
अब ती कुराहरुमा कति यथार्थ थियो अथवा थिएँ यसबारेमा मनीषाले कहिले प्रतिक्रिया दियीनन। बिशेषत उनको लव अफेयर का बारेमा निकै नै चर्चा भएकै हो।इन्डियन मिडियाका अनुसार उनका प्रेमीहरुको लामो लिस्ट छ जस अनुसार बिबेक मुश्रान,राहुल राय, नाना पाटेकर आदि आदि ।क्यारियरको उचाई संगै मनीषाको बोयफ्रेनडको लिस्ट पनि निकै लामो देखिन्छ।
तर बलिउडमा कामले मात्रै चर्चा चुलिदैन। यस्तै गस्सिपले पनि चर्चा बटुल्न निकै सहयोग पुग्ने देखिन्छ।सहकर्मी नायिका हरुसंग्को विवादले पनि मनीषालाई चर्चा र विवाद मा तानिरह्यो। बिशेषत ममता कुल्कर्नीको विवादलाइ मिडियाले पनि निकै हावा दिई रह्यो।मनीषा संग जोडिएको अर्की विवाद हो रक्सि र नसाको।
यो विवादले मनीषालाई कहिले छोडेन। क्यारिएर ओरालो लाग्न थालेपछिको अवस्थामा मनीषाले आफुभन्दा आठ बर्ष कान्छो सम्राट दाहालसंग विवाह गरिन। तर दूर्भाग्य, यो विवाह दुई बर्ष पनि टिक्न सकेन। त्यसपछि सतायो मनीषालाई, ज्यानै लिन सक्ने बिमारी क्यान्सरले। दुई बर्ष भन्दा बढी यो बिमारी संग संघर्ष गरेर अन्त्यमा मनीषाले यो बिमारीलाई जितेरै छाडिन।
मनीस्व्हाको साहसलाई मान्ने पर्छ. फेरी भेटौला पछी नेपाली फिल्मलाइ नभेटेकी मनिषाले बिचमा एउटा फिल्म राजेश हमालसंग पनि गरिन। तर अफसोस,यो फिल्म ले आफ्नो लगानी पनि उठाउन सकेन। बिमारी बाट तन्ग्रेर मनीषाले केहि नेपाली एड हरुमा खेलिन। तर उनले आफ्नो फिल्मी क्यरिएरलाइ शिखरमा पुर्याएको ठाउँ बलिउडमा उनको कम्ब्याक हुन् नसकिरहेको बेलामा उनले एउटा सानो बजेटको फिल्म गरिन डीएर माया।
सानो बजेटको फिल्म भए पनि यो फिल्मले मनीषाको अभिनयलाइ ठुलो चर्चा दियो। अलग्ग धारको फिल्म डीएर माया मार्फत मनीषाले फेरी एक पटक आफूलाई अब्बल अभिनेत्री साबित गरिन। तर बलिउड यसबेला मनीषाको दोस्रो इनिन्ग्को लागि तयार भएको देखिन्छ। किनकि संजय दत्तको बायोपिकमा बन्ने फिल्ममा मनीषाले संजय दत्त कि आमा नर्गीसको भूमिका गर्ने बिषयलाई लिएर यसबेला बलिउड तातेको छ।
हिजोकी संसेस्नल नायिका मनीषा अब अभिनयको दोस्रो पारिमा आमाको भूमिकामा खेल्न तयार भएको खबर छ। नर्गीसको भूमिकामा मनीषाको दोस्रो इनिंग कस्तो हुने त्यो त हेर्न बाँकी नै छ।तर बलिउडमा हल्ला चले अनुसार मनीषाले एउटा बच्चा अडोप्ट गरेर आमा बन्ने तयारी गरेको पनि चर्चा छ।