काठमाडौं । आज देशभरी नै चिसो बढेको छ ।
राति आकाश खुलेकाले देशभरी न्यूनतम तापक्रम घटेर गएको दुई दिनकोभन्दा भन्दा चिसो भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार काठमाडांैको बिहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।
शनिबार बिहान ३ दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको बिहानको तापक्रम घटेको हो । तर अब चिसो बढ्ने संभावना कम भएको उहाँको भनाई छ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि पानी पर्ने संभावना छैन । तराईमा अहिले लागेको हुस्सु पनि दिउँसोपछि हट्ने उहाँको अनुमान छ ।