बलिउडमा शाहरुख खानलाई ‘किंग अफ रोमान्स’ उपनामले चिनिन्छ । नेपालमा यो उपनाम नायक भुवन केसीले पाएका छन् । एकसमय भुवनका फिल्म हेरेर धेरैले प्रेम गर्न सिकेका थिए । रिल लाइफमा धेरै नायिकासँग रोमान्स गरेका नायक केसीको रियल जिन्दगी पनि रिलभन्दा कम रोमाञ्चक छैन । अझ भनौं, उनको रियल जिन्दगी झन धेरै रोमान्सयूक्त छ ।
करीब २ दर्शक अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘सम्झना’ का हरेक दृश्यहरु अझै पनि दर्शकको आँखाबाट हट्न सकेका छैनन् । भुवन र नायिका तृप्ति नाटकरको केमेष्ट्रीले सर्वत्र तारिफ पाएको थियो । यो फिल्ममा समावेश ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत आजपनि उतिक्कै कर्णप्रिय छ ।
यो गीतले बोले झैँ अहिले भुवन, नायिका जीया केसीलाई सागरभन्दा गहिरो माया गर्छन् । दुई श्रीमतीसँगको डिभोर्स पश्चात अहिले उनी नायिका जीयाको गहिरो प्रेममा डुबेका छन् । लामो समेदेखि यी दुई अभिनेता-अभिनेत्री ‘लिभिङ टूगेदर’ मा रहँदै आएका छन् । जीयालाई भुवनकी अघोषित प्रेमिका भन्ने गरिन्छ । आफू कतै जानु परे भुवन, जीयालाई साथमै लिएर निस्कन्छन् ।
भुवनले चढ्ने हुण्डाईको क्रेटा गाडीको अघिल्लो सिटमा यदी सबैभन्दा धेरै कसैलाई देखिन्छ भने ती जीया हुन् । गएको शुक्रवार अनमोल केसी स्टारर फिल्म ‘कृ’ को एक रोमान्टिक गीत खिच्न स्कटल्याण्ड जाने टिममा जीया पनि थिइन् । भुवनकै आग्रहमा उनी स्कटल्याण्ड उडेकी हुन् ।
तर, विमानस्थलमा स्कटल्याण्ड उड्दै गर्दा भुवन र जीयाको लुकामारीले यतिबेला नेपाली मिडिया खुब तातेका छन् । यी दुई मिडियाको क्यामेराबाट सकभर जोगिन चाहिरहेका थिए तर अन्ततः भुवन आफैंले जीयालाई मिडिया अगाडि ल्याए । भुवनको ओठमा हाँसो देखियो तर जीया लाजले ‘अक्क न बक्क’ भईन् । हेर्दा रिल जस्तो लागेपनि त्यो विमानस्थलको दृश्यले जो कोहिँलाई रमाइलो अनुभुती हुन्थ्यो ।
तपाईँलाई अनौठो लाग्न सक्ला जीया, नायक अनमोल केसीलाई लिएर निकै चिन्तित हुने गर्छिन् । उनको करिअरको चिन्ता जति पिता भुवनलाई छ त्योभन्दा कम जीयालाई छैन । केसी परिवार निकट स्रोतका अनुसार, घरमा अनमोलको जीयाले औधी हेरविचार गर्ने गर्छिन् ।